इटहरी : नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेश नामकरण पछि उठेको आन्दोलन प्रति आपत्ति जनाएका छन् । प्रदेश १ को नाम कोशी राखिएसँगै पहिचानवादी संस्था तथा दलहरूले आन्दोलन बढाइरहेको बेला नेपालले विरोध जनाएका हुन् ।

सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जातीय द्वन्द भड्काउने शक्ति सक्रिय भएको नेपालको भनाई छ । साझा पहिचानको मुद्दालाई पार्टीले सधैँ समर्थन गर्ने बताएका नेपालले सामाजिक तथा सांस्कृतिक पहिचानको सम्मान गर्ने प्रष्ट पारे ।

कोशी प्रदेश नामकरण गरिएको विषयमा नेकपा एसका प्रदेश सांसदहरूले भने असन्तुष्टि जनाएका छन् । संसदीय दलका नेता राजेन्द्र कुमार राईले कोशीले प्रदेशवासीको पहिचान बोक्न नसक्ने भन्दै‘ किरात लिम्बुवान सगरमाथा’ नाम प्रस्ताव गरेका थिए । नेकपा एसका ४ र जनता समाजवादी पार्टीका एक सांसदले फरक मत राख्दै आएका छन् । पछिल्लो समय बढ्दै गएको पहिचानवादी आन्दोलनमा राईले खुलेरै समर्थन गरेका छन् ।

पूर्व राजा प्रति इङगीत गर्दै प्रतिगमनको चुनौती बढ्दै गएको उनले बताए । अहिलेको चुनौती भनेको प्रतिगमन विरुद्ध लड्नुपनि भएकाले सम्पूर्ण परिवर्तनकारी दलहरू एक हुनुपर्ने धारणा राखे ।

केही दिन अगाडी नेकपा एस परित्याग गरेका मुकुन्द न्यौपानेलाई सद्बुद्धि पलाओस् भन्दै व्यङ्ग्य प्रस्तुत गरेका छन् । मनको शान्तिको लागि बिदा हुनेलाई पार्टीले नछेक्ने र दलहरूमा व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको उनको आरोप छ ।