धरान : संखुवासभा जिल्लाको हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको छ ।
हेलिकप्टरले माटो, ढुङ्गा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए ।
कार्गो हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताईएको छ । क्षतिको थप विवरण आइसकेको छैन । उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाइएको छ ।




































































