धरान : प्रचण्ड गर्मीका कारण भारत विहार मध्यपुराका पत्रकारहरू जिल्ला सम्मेलन गर्न नेपालको पर्यटकियस्थल भेडेटार आएका छन् । उनीहरूलाई नेपाल पत्रकार महासङ्घ सुनसरीले सोमवार धरानमा स्वागत तथा सम्मान गर्दै मायाको चिनो प्रदान गरेको छ ।

विहारको मध्यपुरा जिल्ला नेशलन जर्नलिष्ट एशोसिएनका २८ जना पत्रकारहरू सहभागी रहेको सम्मेलन भेडेटारमा भएको थियो । सम्मेलन समापन पछि धरानमा उनीहरूलाई धरान-१३ स्थित पत्रकार महासङ्घ भवनमा स्वागत तथा सम्मान गरिएको हो ।

स्वागत कार्यक्रममा एसोसिएसनको मध्यपुरा अध्यक्ष डा. सुलेन्द्र कुमारले नेपाल-भारत सामाजिक, सांस्कृतिक सम्बन्ध पौराणिककाल देखीको रहेको बताए ।

उनले पछिल्लो कालखण्डमा यो प्रगाढ मैत्री सम्बन्धमा राजनीतिक कारणले तेस्रो मुलुकको चासो बढेको  बताउँदै भने ‘दुई मुलुक बिचको सम्बन्धलाई प्रगाढ कायम राख्न नेपाल-भारतका पत्रकारहरूको भूमिका महत्त्वपूर्ण छ ।’

उनले एसोसिएसनले सुनसरीका पत्रकारहरूलाई मध्यपुराको पौराणिक स्थलहरू, सामाजिक अवस्थाको अवलोकनका लागि अनुकूल समयमा भ्रमणको निम्तो दिने वचन पनि दिए ।

यसअघि वरिष्ठ पत्रकार हर्ष सुब्बाले भारतीय पत्रकारहरूको सम्मेलन नेपालमा हुनु यहाँको पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण कुरा भएको बताए ।

उनले नेपाल–भारत बिच पर्यटन प्रवर्धन, विकास कार्य तथा सामाजिक, सांस्कृतिक अध्ययनका लागि  मध्यपुर र सुनसरी पत्रकार महासङ्घ बिच भगिनी सम्बन्ध कायम गर्न सुझाव दिए ।

धरान वडा १३ का अध्यक्ष नेत्र काफ्लेले भारतीय पत्रकारहरू सम्मेलनको लागि नेपाल आउनु यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खुसीको कुरा भएको बताए ।

महासङ्घका सल्लाहकार सन्तोष काफ्लेले भगिनी सम्बन्धले दुवै मुलुकका सीमावर्ती क्षेत्रका पत्रकारहरूलाई क्रस बोर्डर रिपोर्टिङका लागि आपसी सहयोग र समझदारी बढाउन सहयोग पुग्ने बताए ।

भारतीय पत्रकारहरू सँगको भेटघाटको संयोजन भारतीय पत्रकार रविकान्तले गरेका हुन । उनले मध्यपुरामा ऐतिहासिक धार्मिक स्थल रहेको बताउँदै साउन महिनामा लाग्ने मेलाको अवलोकनका लागि मध्यपुरा भ्रमणको निम्तो गरिने बताए ।

भारतीय पत्रकारको टोलीमा एसोसिएसनका वरिष्ठ पत्रकार चन्दन कुमार, एनजिए मध्यपुरा जिल्ला  अध्यक्ष डा सुलेन्द्र कुमार, कोशी प्रमानदल सहरशाका अध्यक्ष शङ्कर कुमार, अरुण कुशवाना, एनजिए मध्यपुर नीराजन कुमार, राजीव कुमार, रजनी कान्त ठाकुर, सञ्जय कुमार, प्रभात खवर मध्यपुराका चन्दन कुमार थिए ।

यस्तै डा. विशाल कुमार, प्रभात खवरका वसिम अख्तर, अभिशेषक आचार्य, बब्लु कुमार महिन्द्रपुर, सन्मार्ग संवाददाता रञ्जित कुमार, दैनिक जागरण फोटो पत्रकार अजय कुमार, मध्येपुरा लाइभ न्युजका रामपुकार कुमार, मिडिया दर्शनका विनोद कुमार सहभागी थिए ।

साथै प्रभात खवरका अमित कुमार, मध्येपुरा खबरका मिथिलेश कुमार, भारत न्युजका पिंटु कुमार, संरक्षक मध्येपुराका कुन्दन कुमार यादव, प्रभात खवरका डा. सविता नन्दन कुमार, सदन न्युजका रमन कुमार, टिआरटी न्युज सन्र्भागका प्रिस कुमार मिठु, न्युज नेशनल टिभीका रुपेश कुमार सहभागी थिए । नेशनल जनालिष्ट एसोसिएसन प्रदेश सचिव धर्मेन्द्र कुमार मिश्रलाई रुद्राक्षको माला लगाई सम्मान गरिएको हो ।

कार्यक्रम पत्रकार महासङ्घ सुनसरीका सहसचिव तीर्थ  कार्कीले सञ्चालन गरेका थिए । सहसचिव भोला श्रेष्ठ, पूर्व अध्यक्ष केशव घिमिरे, भरत शर्मा गोपाल लगायत धरानका पत्रकारहरूको उपस्थिति थियो ।

indian-journalist-2