इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा कोशी प्रदेशमा नेपाली काँग्रेसको पहिलो मुख्यमन्त्री हुन् ।

यसअघि गठन भएका ४ वटा सरकारमा काँग्रेस एक पटक सहभागी भएको थियो । प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम अवस्थामा काँग्रेस सरकारमा सहभागी भएको थियो ।

सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा थापा मुख्यमन्त्री चयन भएका छन् । सभामुखको हस्ताक्षरमा सरकार गठन भएको यो पहिलो पटक हो ।

Uddab-CM-Patra