धरान : धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी लुटपाटमा घाइते भएका रोहित चौधरीको मृत्यु भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बिपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनकुटाको मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीमाथि हतियारधारी समूहले लुटपाट गरेको थियो ।

गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लागेको लुटेरा फरार भएका छन् ।

तीन जनाको समूहमा आएका लुटेरा मध्ये २ जना सँग खुकुरी र एक जना सँग पेस्तोल रहेको मृतक चौधरी सँगै रहेकी युवतीले जानकारी दिइन ।

घटनास्थलका केही तस्बिरहरू :

goli-spot-3goli-spot-1goli-spot-2