इटहरी : नेपाली काँग्रेसका सांसद सुनिल कुमार शर्मा पक्राउ परेको विषयमा मोरङ क्षेत्र नम्बर ३ समितिले आपत्ति जनाएको छ । शुक्रवार पार्टीको छलफलपछि सुनियोजित रूपमा शर्मालाई फसाउन खोजेको भन्दै काँग्रेसले धारणा सार्वजनिक गरेको हो ।

क्षेत्रीय सभापति गणेश कुमार खड्काद्वारा जारी विज्ञप्तिमा सभामुखलाई जानकारी नदिई संसदीय मर्यादा विपरीत र अदालतको पक्राउ पुर्जी बिना नै पक्राउ गर्नु गलत भएको उल्लेख छ । गृहमन्त्रालय मातहत रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अपहरण शैलीमा पक्राउ गरेको भन्दै घोर भर्त्सना र निन्दा गरिएको छ ।

आर्थिक सङ्कटको समयमा विकृति, विसङ्गति र भ्रष्टाचार विरुद्ध अभियान चलाएका शर्मालाई पक्राउ गर्नु भ्रष्ट, तस्करी र माफियालाई संरक्षण गर्ने सरकारको रणनीति प्रस्ट भएको काँग्रेसको ठहर छ । काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक शर्माले पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

press bigyapti sunil sharma