इटहरी : अनेरास्ववियु कोशी प्रदेश अध्यक्षमा जीवी गजल (गङ्गाबहादुर खड्का) निर्वाचित भएका छन् । भदौ १५ गते उद्घाटन भएको प्रथम अधिवेशनबाट जीवी गजल सर्वसम्मत अध्यक्ष भएका हुन् ।

सुनसरीको जनता बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका गजल लोकप्रिय विद्यार्थी नेता हुन् । विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका उनी पार्टी राजनीतिमा पनि सक्रिय छन् । एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको समर्थक रहेका गजलले लामो समय पछि सङ्गठनको कार्यकारी भूमिका पाएका छन् ।

सुनसरीका गजल अध्यक्ष हुँदा धनकुटाका अकित थापा र झापाका नारायण पोख्रेल उपाध्यक्ष भएका छन् । अधिवेशन पूर्व अध्यक्षको तयारी गर्दै आएका मोरङका सन्तोष घिमिरे सचिव भएका छन् ।

सहसचिवमा उदयपुरका  प्रवेश ठकुरी, इलामका पारस राई, झापाकी लक्ष्मी न्यौपाने, तेह्रथुमजी रञ्जना घतानी र कोषाध्यक्षमा नवराज घिमिरे चयन भएका छन् ।

नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदेश स्तरमा कमिटी बिस्तार गरेको छ ।