धरान : लोकप्रिय टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ ।

हिजो बिहीबार काठमाडौँको द मल्ल होटेलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरू, विभिन्न मिडियाका सञ्चारकर्मीहरू, भिभोका पदाधिकारीहरू तथा विशेष अतिथिहरूको उपस्थितिमा नयाँ स्मार्टफोन भव्यताको सार्वजनिक गरेको हो ।

भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरू समावेश छन् जसले  फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ ।

नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउन आफ्ना ग्राहकहरूका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरूलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गराए ।

नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुनेछ ।

उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ ।

६०० देखि १००० ग्राहकहरूले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरूले भिभोको स्टाइलिश ब्याग, ५०००-८००० ग्राहकहरूले भिभोको बोतल तथा १००००-१५००० ग्राहकहरूले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् ।

भिभो भी२९ फाइभजीमा ४६०० हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउन टाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । यो स्मार्टफोन देशभर मूल्यमा रु. ५९,९९९ मा उपलब्ध छ ।