धरान : भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ।
भी२३ई को दुवै संस्करणमा रु.५ हजारले मूल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीबीको मूल्य रु.३६ हजार ९९९ र भी२३ई ८ जीवी+२५६ जीवी संस्करणको मूल्य रु. ४१ हजार ९९९ बनाएको छ। 
त्यस्तै वाई५३एसको मूल्य रु.४ हजारले घटाएर रु. ३० हजार ९९९ बनाएको छ। यो नयाँ मूल्य जनवरी १ देखि जनवरी ३१ सम्म भिभोका सबै रिटेल स्टोरहरु र इ-कमर्स वेबसाइटहरूमा लागू हुनेछ।
भिभो नेपालका सिइओ माइकलले भने, ‘भिभोमा हामी सधैँ हाम्रा ग्राहकको जीवनलाई समृद्ध बनाउन र उनीहरूका लागि हाम्रा उत्पादनहरू थप पहुँचयोग्य बनाउने तरिकाहरू खोजिरहेका हुन्छौँ। भी२३ई र वाई५३एस मा मूल्य घटेको घोषणाद्वारा हामी हाम्रा ग्राहकहरूका लागि यो प्रतिबद्धता पूरा गर्ने आशा गर्दछौँ। यी दुवै लोकप्रिय स्मार्टफोनहरूमा उत्कृष्ट क्यामेराहरू छन्। जसले प्रयोगकर्ताहरूलाई आफ्ना सबै विशेष क्षणहरू खिच्न मद्दत गर्दछ। हामी भिभोमा हाम्रा उत्पादनहरूद्वारा प्रयोगकर्ताहरूको जीवनमा सुधार ल्याउन निरन्तर प्रयासरत छौँ।’
भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ। जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेटजस्ता विभिन्न पोट्र्रेट मोडहरु छन्। भी२३ईको रियर क्यामेराहरूमा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड-एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ। यसको सुपर नाइट मोडले कम उज्यालो अवस्थाहरूमा एआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कम प्रकाश अवस्था, ब्राइटनेसको सन्तुलन र अँध्यारोमा उत्कृष्ट प्रदर्शन गर्दछ। यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू-१२८जीवी र २५६जीवी छन्। यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ। 
यसबाहेक भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ। यसमा फेनटच ओएस१२ छ।
वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ। जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ। यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टीभीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ।