धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीका लागि संविधानको धारा १६८ को उपधारा (५) बमोजिम दाबी पेस गर्न आउँदो शुक्रवारसम्म तोकिएको छ ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आव्हान गरेका हुन । मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने प्रदेश सभाको कार्य सूची थियो । तर विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा नगई मुख्यमन्त्रीले राजीनामा दिएका हुन ।
प्रदेश प्रमुखको कार्यालय द्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई २६ गते शुक्रवार ५ बजे भित्र आफ्नो दाबी पेस गर्न आव्हान गरिएको छ ।
KHApung-PR-KapuriNews