इटहरी : केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री चयन भएका हुन् ।

कोशी प्रदेश सभाका ९३ सांसद मध्ये ४७ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीले एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थन जुटाएका हुन् ।

सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका सांसद इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कार्कीले एमालेको समर्थनमा बहुमत पुर्‍याएका छन् ।