धरान : नवदुर्गा अटो प्यालेस सुजुकी सोरुमबाट स्कुटर खरिद गरेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा.राजु रिजालले १० ग्राम सुनको सिक्का उपहार पाएका छन् ।

नेपालभरका सुजुकी स्कुटर खरिदकर्ताहरू बिच गरिएको 'लक्की ड्र'मा डा.रिजाललाई उक्त उपहार परेको हो ।  धरान-८ स्थित नव दुर्गा अटो प्यालेस सुजुकी सोरुममा बिहीबार आयोजित पत्रकार सम्मेलनका बिच उनलाई उक्त उपहार हस्तान्तरण गरिएको छ ।

डा. रिजाललाई वरिष्ठ पत्रकारद्वय हर्ष सुब्बा र राजकुमार कार्कीले संयुक्त रूपमा १० ग्राम सुनको सिक्का प्रदान गरे । सुजुकी स्कुटर खरिद गर्दा शून्य प्रतिशत ब्याजदार, १५ हजार एक्सचेञ्ज अफर  गरिएको थियो ।

नयाँ स्कुटरको खरिदमा १० हजार रकम नगद पुरस्कार सहित १ वर्षको रोड कर छुट दिएको नव दुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलले बताए । उनका अनुसार सुजुकी दशै तिहार अफरमा ‘बाडौ खुसी चढौं सुजुकी अफरमा’ डा रिजालले स्कुटर खरिद गरेका थिए ।

स्कुटर किन्दा उनले नगद १० हजार शुरुमै पुरस्कार पाएका थिए । पछि 'लक्की ड्र'बाट १० ग्राम सुनको सिक्का पाएका हुन् ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले उपहार प्रदान गदै सुजुकी सोरुम नव दुर्गा प्यालेस स्कुटर, मोटरसाइकल खरिदकर्ताका लागि भाग्यशाली भएको बताउँदै आउँदा दिनमा पनि यहाँका खरिदकर्तालाई डा. रिजालले पाए जस्तै उपहार पाउन भनी कामना गरे ।

डा.रिजाललाई वरिष्ठ पत्रकार राजकुमार कार्की लगायत जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान प्रमुख सुवास केसी समेतले बधाई तथा शुभकामना दिए ।