धरान : झापाको दमक नगरपालिका-३ बेलडाँगीका २४ वर्षीय भिमबहादुर राई र २१ वर्षीय विकास घलेलाई प्रहरीले सोमवार लागुऔषध ब्राउनसुगर २ ग्राम र नगद १४ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

शङ्कास्पद अवस्थामा फेला परेका उनीहरूलाई चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउनसुगर फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसै गरी बुद्ध शान्ति गाउँपालिका-३ बाट मेचीनगर-१३ की ३८ वर्षीय पवित्र राजवंशी १ ग्राम ब्राउन सुगर सहित पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले मे ९ प ५०९२ नम्बरको मोटरसाइकल चढेकी पवित्रलाई रोकी चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको बताइएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।