वराहक्षेत्र : ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मी लिएर वराहक्षेत्र-१० का अध्यक्ष तेजबहादुर गुरुङ टोलटोलमा पुग्ने गरेका छन् । उनी सहित वडाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर ३/३ महिनामा ज्येष्ठ नागरिकहरूमा पुग्छन् ।

वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको वडाअध्यक्ष गुरुङ बताउँछन् ।

स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा आउन नसक्ने ज्येष्ठ नागरिकको तथा दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको स्वास्थ्य परीक्षण, परामर्श सेवा स्वास्थ्य परीक्षण सहित उपचार गर्ने गरिएको वडाअध्यक्ष गुरुङको भनाई छ ।

jestha nagarik upachar 2