धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक शिक्षक एवं कर्मचारीहरूले प्रतिष्ठान व्यवस्थापनलाई भोली पुष २८ गते सम्म उनीहरूको माग पुरा नभए पर्सी २९ गते देखी हडतालमा उत्रिने अल्टिमेटम दिएका छन् ।

हडतालमा इमर्जेन्सी, आइसियु, आन्तरंग वार्डको उपचार सेवा बाहेक सबै सेवा बहिस्कार गरिने बिहीबार शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजद्वारा प्रकाशित संयुक्त वक्तव्यमा जनाइएको छ ।

आन्दोलनको क्रममा प्रतिष्ठानका उपकुलपति प्रह्लाद कार्कीलाई बर्खास्त गर्न प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीलाई पत्राचार गर्ने, पठन, पाठन बहिस्कार गर्ने, उपकुलपति कार्यालय अगाडि धर्ना दिने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीहरूको आन्तरिक बढुवाको अवरुद्ध प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

bp hadtaal bare bigyapti