धरान : बिपी प्रतिष्ठानमा शिक्षक, कर्मचारीको आन्दोलनका कारणले शैक्षिक तथा स्वास्थ्योपचार जस्तो संवेदनशील सेवा प्रभावित भए प्रतिष्ठान प्रशासनमा हस्तक्षेप गर्ने राजनैतिक दलहरूले चेतावनी दिएका छन् ।

आज माघे सङ्क्रान्तिका दिन धरानमा क्रियाशील प्रमुख ५ दलका स्थानिय नेतृत्वहरूले संयुक्त वक्तव्य जारी गर्दै बिपी प्रतिष्ठान प्रशासन र आन्दोलनकारी शिक्षक, कर्मचारीलाई दबाब स्वरूप चेतावनी दिएका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘आन्दोलनको कारणले अस्पतालको शैक्षिक तथा स्वास्थ्य उपचार जस्तो संवेदनशील विषयहरू प्रभावित भए राजनीतिक दलहरूले प्रतिष्ठानको प्रशासनमा हस्तक्षेप बढाउन बाध्य हुनेछ ।’

राजनैतिक दलहरूको समन्वय र उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्न गराउन दलहरूको तर्फबाट पहल भइरहेको हुँदा आन्दोलनलाई रचनात्मक बनाई अघि बढ्न आन्दोलनरत पक्षलाई वक्तव्य मार्फत आग्रह गरिएको छ ।

प्रतिष्ठानमा शिक्षक तथा कर्मचारीहरूले ७ वर्षदेखि रोकिएको बढुवाको माग राखी आन्दोलन गरिरहेको कुरामा राजनीतिक दलहरूले समस्या समाधान गर्न पदाधिकारी तथा आन्दोलनकारी शिक्षक, कर्मचारीहरू सँग संवाद गर्ने, माथिल्लो तहका नेतृत्व नेपाल सरकारसँग लबिङ गर्ने कार्य निरन्तर गरेको वक्तव्यमा उल्लेख छ ।

गएको कात्तिक २० दलहरूको समन्वयमा सबै प्रक्रिया पुरा गरी पदत्रोति गर्ने सहमति भएकोमा प्रतिष्ठानका पदाधिकारी र शिक्षक ,कर्मचारी तथा विद्यार्थीसँग सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन सुरु गरिएकोमा ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ ।

अवगत गराउन चाहन्छौ । सो सम्झौता कार्यान्वयन नभएपछि फेरि यसै विषयलाई लिएर प्रतिष्ठानको प्रशासन सँग पुन बढुवा तथा सम्झौताको कार्यान्वयनको माग राखी शिक्षक तथा कर्मचारीहरूको आन्दोलन सुरु भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राजनैतिक दलहरू समेतको रोहबरमा भएको सहमति कार्यान्वयन नगरी प्रतिष्ठान व्यवस्थापन गैर जिम्मेवार भएको हाम्रो ठहर छ ।

वक्तव्यमा सहमति तत्काल कार्यान्वयन गर्न प्रतिष्ठानका पदाधिकारी गर्दै कार्यान्वयन गर्न नसक्ने प्रतिष्ठानका प्रमुख नेतृत्वले मार्ग प्रशस्त गर्न सुझाव दिँदै पदाधिकारीहरूलाई जिम्मेवारी र पदीय मर्यादा कायम राख्न समेत सचेत गराइएको छ ।

वक्तव्यमा नेपाली काँग्रेस धरान नगर सभापति श्याम  पोख्रेल, नेकपा एमाले नगर अध्यक्ष नेकपा एमाले मनोज भट्टराई अध्यक्ष नेकपा माओवादी केन्द्र, ताजुब  लिम्बू अध्यक्ष जसपा नेपाल, एकीकृत समाजवादी पाटीका अध्यक्ष रेवती रमण राईले हस्ताक्षर गरेका छन् ।

bp andolan bigyapti