धरान : इलाका प्रहरी कार्यालय धरानलाई डिजिटलाइज गर्न सहयोग स्वरूप धरान स्थित मितेरी डेभलपमेन्ट बैङ्क प्रधान कार्यालयले कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।

मितेरी बैङ्कका अध्यक्ष किशन मास्के, प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती, सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले इलाका प्रहरी प्रमुख डिएसपी नवराज मल्ललाई बुधवार १ थान कम्प्युटर १ थान प्रिन्टर हस्तान्तरण गरे ।

उक्त सामाग्रीको कुल मूल्य ८० हजार रुपया भएको सिईओ वस्तिले बताए । व्यक्तिलाई फाइदा हुने काम भन्दा माथि उठेर सामाजिक उत्तरदायित्व बोध हुने क्षेत्रमा सहयोग गरिएको उनको भनाई थियो ।

डिएसपी मल्लले भजन गाउने ओठ भन्दा सेवा गर्ने हात महान् हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै सामाजिक उत्तरदायित्व बहनमा बैङ्कले नमुना काम गरेकोमा सधन्यवाद व्यक्त गरे ।

Miteri Computer