धरान : गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा धरान-१२ टाइब्रेकरमा धरान-१० लाई ३-१ गोलले पराजित गर्दै विजयी भएको छ ।

धरान रङ्गशालामा जारी प्रतियोगिताको खेलमा दुवै टिम १-१ गोल गरी बराबरीमा रहेको थियो । निर्धारित समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको हो ।

रोचक प्रतिस्पर्धाका बिच खेलको ७ मिनेटमा धरान-१२ का मनिस मगरले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा धरान-१० का सलिन राईले १ गोल गरेपछि खेल बराबरमा पुगेको थियो ।

ट्राईबेकरमा धरान-१२ का ओम कुमार लिम्बु, सन्जुकुमार राई, विक्रम मरीकले गोल गरे । समीर लिम्बूको प्रहार आउट भयो । धरान-१० का दिल्लीश्वर लिम्बू र अजय लिम्बुको प्रहार बारमा लागेर बाहिरियो । मिक्सन लिम्बुको आउट भयो । ताङ्गसाङ्ग लिम्बुले मात्र गोल गरे ।

खेलको म्यान अफ दि म्याच धरान-१२ का विक्रम मरीक घोषित भए । उनलाई १५ सय नगद पुरस्कार प्रदान गरियो । सोमबारको पहिलो खेल धरान-३ र धरान-१८ तथा दोस्रो खेल धरान-१ र धरान-११ हुनेछ ।

godhuli-cup-day2 1