धरान : गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज सोमबार भएको पहिलो खेलमा धरान-१८, धरान-३ लाई २-१ गोलले पराजित गर्दै विजयी भएको छ ।  

दोस्रो खेलमा चरणको खेलमा धरान-११ धरान-१ लाई २-१ गोलले पराजित गर्दै विजयी भएको छ ।

खेलमा वडा १८ का निकेन राईले ४५ मिनेटमा गोल गरेका थिए । दोस्रो गोल विवेक परियारले खेलको ६८ औ मिनेटमा गरे । खेलमा वडा-३ का अनुप बस्नेतले खेलको ११ मिनेटमा गोल गरेका थिए ।

दोस्रो खेलमा धरान-११ का निर्मल भुजेलले १० मिनेटमा १ गोल गरे । अर्को गोल रिभास मास्केले ५३ मिनेटमा गरेका थिए । धरान-१ का यमन चेम्जोङले खेलको १५ मिनेटमा १ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच धरान-१८ का विवेक परियार र धरान-११ का प्रवीण राई  घोषित भए । उनीहरूलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टर प्रायोजित नगद १५/१५ सय रुपैयाँको चेक र जीएफएक्स रेस्टुरेन्टको ५/५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्रदान गरियो ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्रदान गरिने छ । उपविजेताले ७५ हजार, ट्रफि, मेडल पाउने आयोजकले जनाएको छ ।

विजेता तथा उपविजेता दुवै टिमको पुरस्कार रकममा धरान-१८ का वडाध्यक्ष प्रवीणकुमार राईले बाबा आमाको नाममा नगद २५/२५ हजार पुरस्कार प्रदान गर्ने भएका छन् ।

व्यक्तिगत पुरस्कारमा बेस्ट प्लेयरलाई १५ हजार, हाईस्कोर ७ हजार ५ सय, बेस्ट डिफेन्डर उदीयमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरलाई जनही ५ हजार ५ सय प्रदान गरिनेछ ।

धरान रंगशालमा सुरु भएको प्रतियोगिता माघ १३ देखि २७ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा धरानका २० वटै वडाका टिमहरू सहभागी छन् । प्रतियोगितालाई टेस्टी टेस्टी नुडल्सले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजक धरान-१७ वडा कार्यालय, धरान १७ समाज हङकङ र सेन्ट जोसेफ स्कुल छन् ।