धरान : विराटनगरमा मङ्गलवार भएको रोबो रेसमा दोस्रो स्थानमा रही उपविजेता बनेकोमा धरान उच्च कलेजले विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

रेसको फाइनलमा सहभागी विद्यार्थीहरू बिप्रसा श्रेष्ठ, आयाम खवास, लिन भुजेल, निमदिकी लामालाई सम्मान गरेको हो । उच्चको वीरेन्द मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला, विज्ञानका कोअर्डिनेटर सुनिल कुमार भगतले उनीहरूलाई माला लगाएर सम्मान बधाई ज्ञापन गरेका हुन् ।

प्रतियोगिता रोबोटिक्स एसोसिएसन नेपालले आयोजना गरेको हो । कोशी प्रदेश १४ विद्यालयका ८ देखी १२ कक्षाका विद्यार्थीहरू सहभागी रहेको मिनी यन्त्र टु पइन्ट जिरो रोबो रेस प्रतियोगितामा धरान उच्च उपविजेता बनेको थियो ।