वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको
पहिलो खेलमा वडा नम्बर ९ विजयी भएको छ । वडा नम्बर ८ लाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै वडा नम्बर ९ ले प्रतियोगितामा तीन अङ्क जोड्न सफल भएको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ९ का योगेश राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
त्यस्तै बिहीबार नै भएको दोस्रो खेलमा वडा नम्बर ५  विजयी भएको छ। वडा नम्बर १० लाई शून्यका विरुद्ध तिन गोलले पराजित गर्दै वडा नम्बर ५ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल बनेको हो ।
खेलमा १ गोल गरेका वडा नम्बर ५ का जेनिस चौधरी म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए।
वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षदेखि  लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा शुक्रवार पहिलो खेल वडा नम्बर ३ र वडा नम्बर ४ तथा दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर ११ का बिच हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।