वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बुधवार भएको पहिलो खेलमा वडा नं.३ विजयी भएको छ । वडा नं. ६ लाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै वडा नं. ३ ले प्रतियोगितामा तीन अङ्क जोड सफल भएको छ।

खेलमा १ गोल गरेका वडा नं.३ का क्याप्टेन रोशन भुजेल म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै बुधवार नै भएको दोस्रो खेलमा वडा नं.१ विजयी भएको छ । वडा नं. २ लाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै वडा नं. १ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल बनेको हो।

खेलमा २ गोल गरेका वडा नं. १ का अभिषेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत बर्षदेखि लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा बिहीबार पहिलो खेल वडा नं.८ र वडा नं.९ तथा दोस्रो खेल वडा नं.५ र वडा नं. १० का बिच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।