वराहक्षेत्र : मङलवारदेखि वराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षबाट लिग फर्म्याटमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं.७ विजयी भएको छ । वडा नं ८ लाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै वडा नं.७ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल भएको छ ।

खेलमा २ गोल गरेका वडा नं.७ का रितेश माझी म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफी प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधवार पहिलो खेल वडा नं. ३ र वडा नं. ६ तथा दोस्रो खेल वडा नं. १ र वडा नं. २ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए ।

नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा नगर प्रमुख कार्कीले खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादनका लागी प्रतियोगिता आयोजना गरिएको बताए ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्ल, वडाध्यक्षहरू, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू, बडा सदस्यहरूको उपस्थिति रहेको थियो ।

खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको प्रतियोगिता फाल्गुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

Baraha Mayor cup 2