धरान : नेपाल स्काउट धरान नगर परिषदको सोमवार भएको निर्वाचनमा पुरुष तर्फ सदस्य पदमा ७ जना विजयी भएका छन् ।

विजयी भएका पुरुष स्काउटरहरूमा अनुप योञ्जन तामाङ, मधुसूदन घिमिरे, सूर्य कुमार सुनुवार, सुमन महतो, अनुज भट्टराई, विश्व बन्दु पोख्रेल र धन कुमार राई छन् ।

खसेको २१ मतमा योञ्जन २०, घिमिरे २०, सुनुवार २१, महतो २०, भट्टराई १८, पोख्रेल १९ र राईले १९ मतका प्राप्त गरेका थिए ।

नेपाल स्काउटको इतिहासमा स्थानिय परिषद्को निर्वाचन पहिलो पटक भएको हो । यसअघि नै महिला स्काउटरहरू नगर परिषदमा निर्विरोध निर्वाचित भैसकेका छन् । निर्वाचित महिला स्काउटरहरूमा सुजाता तामाङ, पुस्पा राई, अनिला पौडेल र ग्रिष्म भट्टराई रहेका छन् ।

नेपाल स्काउट ऐन २०५० संशोधित दफा ६ र नेपाल स्काउट नियमावली २०७७ को दफा २१ अनुसार सोमवार स्थानीय परिषदको निर्वाचन भएको हो । निर्वाचित स्काउटरहरूको कार्यकाल ४ वर्षको हुनेछ ।

विजयी स्काउटरहरूलाई निर्वाचन अधिकृत हेमचन्द्र अधिकारीले प्रमाणपत्र वितरण गरे । कोशी प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी, राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, सहायक राष्ट्रिय प्रशिक्षक चन्द्रकला प्रधान, स्काउटर सुवर्ण बहादुर थापा, भानु स्मृतिका प्राचार्य रबिन सुबेदी लगायतको उपस्थिति थियो ।

Nepal Scout 2