वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा वडा नं ३ विजयी भएको छ । वडा नं. ३ ले वडा नं. ८ लाई एक गोलका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको थियो ।

तीन खेलमा लगातार जित निकालेको वडा नं. ३ ले प्रतियोगितामा ९ अङ्क जोडेको छ। त्यसैगरी लगातार तीन खेलमा पराजित बनेको वडा नं. ८ ले अङ्क जोड्न सकेको छैन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ३ का विवेक विश्वकर्मा म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

सोमबार नै वडा नं. १ र वडा नं. ५ बिच भएको भएको दोस्रो खेल बराबरीमा टुङ्गिएको छ। दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा कुनै गोल गर्न नसक्दा दुवै टिमले १ १ अङ्क बाँडेका थिए ।

तीन खेलमा दुई खेलमा जित एक खेलमा बराबरी खेलेको वडा नं १ ले प्रतियोगितामा ७ अङ्क जोड्न सफल भएको छ भने तीन खेलमा दुई खेलमा जित एक खेलमा बराबरी नै खेलेको वडा नं ५ ले पनि प्रतियोगितामा ७ अङ्क जोड्न सफल भएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १ का रोबन चौधरी म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षदेखि  लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा मङ्गलवार पहिलो खेल वडा नं. ६ र वडा नं. ९ तथा दोस्रो खेल वडा नं. २ र वडा नं.१० का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं. ७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।