धरान : कोशी नाम खारेजी तथा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ११ सदस्यीय वार्ता समिति र प्रदेश सरकारको ३ सदस्यीय वार्ता समिति बिच आज शुक्रवार विराटनगरमा भएको वार्ता ५ बुँदामा सहमति गर्दै वार्ता जारी राख्ने गरी सकिएको छ ।

दुवै पक्ष प्रदेशको पुनः नामकरणमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार र आन्दोलित पक्षले राजनीतिक पहल र छलफल अघि बढाउने कुरामा सहमत भएका छन् ।

संयुक्त सङ्घर्ष समितिले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अघि बढाउने तथा सरकार पक्षले त्यसमा कुनै पनि प्रकारको बल प्रयोग नगर्ने कुरामा दुवै पक्षले सहमति कायम गरेका छन् ।

आन्दोलनको क्रममा पक्राउ परी कारागारमा रहेकाहरूको रिहाइ र मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने कुरामा प्रदेश सरकार सहमत भएको छ ।

वार्तालाई निरन्तरता दिन अर्को वार्ताको मिति सरकारी वार्ता संयोजक र संयुक्त सङ्घर्ष समितिका वार्ता संयोजकत्वले तोक्ने सहमति भएको । अर्को वार्ता फागुन १० अगावै हुने गरी समय र स्थान तोकिने छ ।

koshi naam kharez