विराटनगर : काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको आठौँ स्मृति दिवसमा भएको दौड प्रतियोगितामा पुरुष तर्फ अमर यादव र महिला तर्फ अंशु मण्डल प्रथम भएकी छन् ।

प्रतियोगिता सुशील कोइराला फाउण्डेशन र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा शुक्रवार भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ याङ्देव राई द्वितीय र सुमित मेहता तृतीय भए । महिलातर्फ तुलसा खतिवडा द्वितीय र रोशनी साह तृतीय भइन् ।

विराटनगरस्थित जनआन्दोलन चोकदेखि बरगाछी सम्म भएको दौड प्रतियोगिताका विजेताहरूलाई विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा ४० जना खेलाडी सहभागी भएको कार्यक्रम संयोजक प्रकाश दाहालले जानकारी दिए ।