धरान : नेपाल तामाङ घेदुङ धरानको आयोजनामा चलिरहेको सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सवलाई सङ्गीतमय बनाउन आज साँझ चर्चित गायक सुगम पोख्रेल आउने भएका छन् ।

धरान-१२ स्थित पब्लिक स्कुलको खेलमैदानमा माघ २७ गते देखि महोत्सव सञ्चालन भइरहेको छ ।

गायक पोख्रेलले महोत्सवमा मायाले बोलेको बोली मीठो भो, रहर छ सँगै हुने तिमी सँग, के यो माया हो लगायत गीत सङ्गीत प्रस्तुत गरेर दर्शन श्रोतालाई मनोरञ्जन दिने आयोजक तामाङ घेदुङ धरान उपाध्यक्ष सम्फर तामाङले बताए ।

महोत्सवलाई मनोरञ्जन दिलाउन धरानका स्थानीय गरिमा डान्स सेन्टरले पनि आज साँझ आकर्षक प्रस्तुति दिने कार्यक्रम भएको उनले बताए ।