धरान : प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको शनिवार भएको दोस्रो अधिवेशनले पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको छ ।

समाजको विधान अनुसार यसअघि केन्द्रीय महाधिवेशनबाट निर्वाचित प्रदेश अध्यक्ष डा. जीवनकुमार राईको अध्यक्षतामा कार्यसमितिलाई पूर्णता दिएको हो । 

प्रदेश अधिवेशनले कार्यसमितिका निवर्तमान अध्यक्ष बद्री तामाङ, उपाध्यक्षमा युयुत्स बन्जारा, सचिवमा डा.अस्मिता विष्ट, सहसचिवमा राजेन्द्र पौडेल, कोषाध्यक्षमा यमनाथ बराललाई चयन गरेको छ ।

विधान अनुसार कार्यसमितिमा प्रदेशका जिल्ला अध्यक्षहरू प्रदेश समितिका पदेन कार्यसमिति सदस्य हुने व्यवस्था गरेको छ । पदेन बाहेक प्रदेश अधिवेशनले ५ जना कार्यसमिति सदस्य चयन गर्ने प्रावधान छ ।

उक्त प्रावधान अनुसार शनिवार सम्पन्न प्रदेश अधिवेशनले डा. अस्मिता विष्ट सुनसरी, ध्रुव ढकाल सुनसरी, राजेन्द्र पौडेल धनकुटा, युयुत्स बन्जारा मोरङ, सुरेन्द्र कार्की भोजपुरलाई चयन गरेको छ ।