धरान : वीर गोर्खालीको इतिहासमा बनेको ‘गोर्खा वारियर’ले चलचित्रको इतिहासमा यसका नायक रितेश चाम्स राई पनि पछिल्ला पुस्तका लागि इतिहासको पात्र बनाई दिएको छ ।

नेपालको धरानमा शानदार रेड कार्पेट समारोहहरू आयोजना गरेर पहिलो प्रदर्शन गरिएको इतिहास त बन्ने नै भयो । ५० वर्षपछिका पुस्ताले चलचित्रका नायक को थिए ? भन्ने प्रश्नमा रितेशको नाम लिनेछन् ।

धरान सिनेमा र फेसनको लागि उहिले देखी नै प्रसिद्ध सहर हो । यहाँ सिनेमा हलमा दारासिंहको फिल्म लाग्दा हात्तीमा दारासिंह बनेर ब्याण्डबाजा सहित माइकिङ गरिएको इतिहास पनि छ ।

हलिउड शैलीमा भव्य रेड कार्पेट समारोह आयोजना सहित पहिलो प्रदर्शन गरिएको नेपाली चलचित्रको पछिल्लो इतिहास भने ‘गोर्खा वारियर’ले बनाएको छ । यसका निर्देशक मिलन चाम्स राई हुन् ।

लण्डन पछि नेपालमा भएको पहिलो रेड कार्पेट समारोह धरान-८ फ्रेन्ड्स सिनेमा हलमा भएको हो । यसअघि आदिवासी जनजातिको सांस्कृतिक रयाली सहित चलचित्रका कालाकारहरू, निर्माण युनिटलाई धरान बजार परिक्रमा गराउँदै सिनेमा हल पुराएको थियो ।

युकेबाट आएको युके आर्मीको ब्याण्डबाजाले लण्डनको रेड कार्पेट झल्काई रहेको थियो भने सांस्कृतिक झाँकीले आदिवासीको सहरमा खुसीयाली मनाइरहेको देखिन्थ्यो ।

प्रिमियर प्रदर्शनमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, धरानका नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आईन्द्र बिक्रम बेघा, प्रदेश सांसद बिजय राई, रमेश बस्नेत, पूर्व सांसद जयकुमार राई भिआइपी थिए ।

समारोहमा मुख्यमन्त्री केदार कार्कीले विश्वमा ‘गोर्खा वारियर’ले इतिहास रचेको बताउँदै भने, ‘गोर्खा वरियरले प्रदेशको नयाँ पहिचान र नाम राख्दै नयाँ आयाम थपेको छ ।’ यो फिल्म मात्र नभएर हामी हरेकको कथा र पहिचान र अस्तित्व भएको बताए ।

विश्वमा फिल्म उद्योगमा रेकर्ड राखेकोले यसलाई सबैले हेरेर पुर्खाले रचेको इतिहासलाई जीवन्त राख्न हौसला र उत्प्रेरणा दिनुपर्ने उनको भनाई थियो ।

नगर प्रमुख हर्क साम्पाङले पुर्खाको इतिहास बोकेको फिल्म हेरेर आफ्नो बाउ बाजेलाई जीवन्त राखेको पाउँए खुसी लगेका बताउँदै गोर्खा वरियर उत्कृष्ट फिल्म रहेको बताए ।

उपप्रमुख बेघाले भने, ‘गोर्खाली वीरगाथा सुन्दै आएको नयाँ पुस्तालाई लाहुरेका परिवारले युद्धमा पुर्खाले भोगेको पिडा गोर्खा वारियरले देखाइएको छ ।’ बाउ बाजे सम्झिएर भावुक हुँदै उनी रोए ।

दर्शक शिव राईले भने, 'फिल्ममा मेरो बाउ दाजु देखेँ, युद्ध लडदा वीरता प्राप्त मेरा दाजुलाई सम्झेर धेरै रोएँ ।'

प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको निर्देशक मिलम चाम्सले बताए । उनले भने, ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त भयो, हलमा एडभान्स टिकट बुकिङ हुन थालेको छ ।’

प्रिमियरमा निर्देशक चाम्स, निर्माता सुमन राईसहित कलाकारहरू रितेश चाम्स, रेविका गुरुङ, रियर राई, विजय लामा लगायत सहभागी थिए । निर्माता राईले धरानको प्रतिक्रियाले आफूहरू उत्साहित बनाएको बताए । धरानपछि ‘गोर्खा वरियर’को पोखरा र काठमाडौँ मा प्रिमियर शोको तयारी गरिएको छ ।

gorkha warrior dharan 2

gorkha warrior dharan 3

gorkha warrior dharan 4