धरान : इन्टर स्कुल श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको आइतबार भएको क्वाटर फाइनल खेलबाट प्रभात स्कुल र होलिल्याण्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटर फाइनल खेलमा प्रभात स्कुलले युनाइटेड गोर्खा स्कुललाई ४४-५ र होलिल्याण्ड स्कुलले सुनाखरी स्कुललाई ६६-७ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो क्वाटर फाइनल खेलमा प्रभात र युनाइटेड गोर्खा स्कुलले प्रत्येक क्वाटरमा १५-४, २१-०, ०-१ र ६-० अङ्क जोडेका थिए । खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत २५ अङ्क जोडेका छन् ।

दोस्रो क्वाटर फाइनल खेलमा होलिल्याण्ड र सुनाखरी स्कुलले प्रत्येक क्वाटरमा २६-४, १२-१०, १५-६ र १३-७ अङ्क जोडे । खेलमा होलिल्याण्डका डोनिस सुनुवारले व्यक्तिगत १७ अङ्क जोडे ।

यसअघि आयोजक डिपो र कारमेल स्कुल सेमिफाइनल प्रवेश गरिसकेको छ । भोलिको पहिलो सेमिफाइनल खेल प्रभात र कारमेल स्कुल र दोस्रो सेमिफाइनल खेल डिपो र होलिल्याण्ड स्कुल बिच हुनेछ ।

प्रतियोगिता डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल सङ्घको सहयोगमा सञ्चालन भइरहेको छ ।

shrawankumar memorial semifinal 2