धरान : डिपो स्कुलको बास्केटबल कोर्टमा जारी दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको फाइनलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल भिड्ने निश्चित भएको छ ।

प्रतियोगिताको सोमवार भएको सेमिफाइनल खेलमा प्रभात स्कुलले कारमेल स्कुललाई ३४-२८ र होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५०-१३ अङ्कको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा प्रभात र कारमेल स्कुलले प्रत्येक क्वाटरमा ९-७, ७-७, ८-६ र १०-८ अङ्क जोडेका थिए । खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत २६ अङ्क जोडे ।

यसैगरि दोस्रो सेमिफाइनल खेलमा होलिल्याण्ड र डिपो स्कुलले प्रत्येक क्वाटरमा ६-१, १८-२, १४-४ र १२-६ अङ्क जोडे । खेलमा होलिल्याण्डका युकफुङ लिम्बुले व्यक्तिगत १६ अङ्क जोडे ।

फाइनल खेल फागुन ८ गते मङ्गलवार बिहान ८ बजे हुनेछ । प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विद्या तर्फ प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर र हाइस्कोररको उपाधि विजेताले जनही नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

डिपो स्कुलको आयोजनामा चलिरहेको प्रतियोगिता सुनसरी बास्केटबल र धरान बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।