धरान : हरेराम कीर्तन कुञ्ज धरान-१५ को शनिवार भएको २४ औँ साधारण सभाले लोकनाथ सुवेदी पुन: सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष सूर्य शेखर श्रेष्ठ, सचिव वासुदेव गौतम, कोषाध्यक्ष नीलकण्ठ कोइराला, उपसचिव सन्तोष खतिवडा, उपकोषाध्यक्ष उर्मिला राई सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा आनन्दरानी लिम्बु, लक्ष्मी पराजुली, तीर्थचन्द्र भट्टराई, कुल बहादुर ताम्राकार, सुमित्रा ताम्राकार, विष्णु श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, शान्ता भण्डारी, चुडामणी अधिकारी तथा आमन्त्रित सदस्यहरूमा वसन्तराज भट्टराई, शुशीला गेलाल, सौभाग्य प्रकाश श्रेष्ठ, डिल्लिराम घिमिरे र चुडामणी निरौला छन् ।

साधारण सभा वडा १५ का अध्यक्ष नरेश इङवारमको प्रमुख आतिथ्यमा भएको थियो । उक्त अवसरमा धरान उपमहानगरपालिकाका इन्जिनियर इन्द्र बस्नेतलाई सम्मान गरिएको छ ।

सचिव वासुदेव गौतमले सञ्चालन गरेको कार्यक्रममा नवीन मेन्याङ्वो, जुद्ध लोहनी, पितरुमल अग्रवाल, राजकुमार निरौला, वासुदेव वराल, केशव प्रसाद अधिकारी, सरला कायस्थ, डा.आनन्द प्रसाद आचार्यले शुभकामना प्रकट गरेका थिए ।

कुञ्ज परिसरमा राधाकृष्णको मन्दिर र धर्मशाला निर्माण भएको छ । दश कोठा थप गर्न लागिएको साधारण सभामा जानकारी गराइएको थियो ।

kirtan kunja 2