धरान : ब्राह्मण समाज नेपाल धरानको अध्यक्षमा पुनः उद्धवप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिकारी यस अघि दुई कार्यकाल अध्यक्ष रहिसकेका छन् ।

४४२ जना आजीवन सदस्य रहेको समाजको हिजो धरान-१० मा रहेको सिंह बाहिनी भगवती मन्दिरको सभाहलमा सोमबार सम्पन्न तेस्रो नगर अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बासुदेव बराल, सचिवमा कमला खनाल भट्टराई छन् । सदस्यहरूमा रवीन्द्र अधिकारी, चेतादेवी खनाल,  काली प्रसाद पाण्डे, सुभद्रा सुवेदी, गङ्गा सिटौला नेपाल, गोपाल प्रसाद भट्टराई, खेम प्रसाद भण्डारी र कुमार ढकाल रहेको निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले बताए ।

अध्यक्ष अधिकारीका अनुसार कोषाध्यक्ष र सहसचिव कार्य समितिको पहिलो बैठकले मनोनीत गर्नेछ ।

अधिवेशन केन्द्रीय वरिष्ठ उपाध्यक्ष बासुदेव भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । अधिवेशन सञ्चालन कमल प्रसाद भट्टराईले गरेका थिए ।

braman-samaj-2