धरान : भोली बिहीबार देखी धरानमा बाह्रसिंहे राष्ट्रिय खुल्ला गल्फ प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगिता धरान-१८ स्थित अन्तर्राष्ट्रिय १८ होलको गल्फ मैदानमा फागुन १९ गते सम्म चल्ने आज बुधवार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगिता कोशी प्रदेश गल्फ सङ्घको आयोजनामा हुने लागेको आयोजक सङ्घका उपाध्यक्ष भरत तामाङले बताए ।
प्रतियोगितामा स्थानीय र बाह्य १० जना प्रोफेसनल ७० जना एमेच्योर गल्फर सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा प्रोफेसनल गल्फर शुक्र राई र निरज तामाङ खेल्ने भएका छन् । राई हाल इन्डियन प्रोफेसनल गल्फ टुरमा नेपालको राष्ट्रिय झन्डा फराइरहेका छन् । गल्फर तामाङले भारतीय खेलमा सहभागी भएका गल्फलर हुन ।
प्रतियोगितामा भारतको बागडूगरा सहित नेपालका राष्ट्रिय प्रोफेसनल गल्फरहरु आउने बताइएको छ । प्रतियोगितामा गल्फ टुर्नामेन्टको आधारमा पुरस्कार वितरण गरिने उपाध्यक्ष तामाङले बताए ।
उनका अनुसार प्रोफेसनल गल्फरहरुलाई पहिलो दोस्रो तेस्रो देखि ८ औ स्थान सम्मका खेलाडीहरूलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरिने छ । एमेच्योर गल्फ खेलाडीहरूलाई २४ ओटा पुरस्कार प्रदान गरिने छ ।
पुरस्कार वितरण कार्यक्रम सोल्टी होटेल इटहरीमा हुने बताइएको छ ।