धरान : सहिद माध्यमिक विद्यालयले यस वर्षको शैक्षिक सत्रका लागि प्राविधिक विषयको विद्यार्थी भर्ना खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ ।

यसपालिको शैक्षिक सत्रका लागि कक्षा-९ को प्राविधिक धारमा नेपाल सरकारले अनिवार्य ४८ जनाको कोटा निर्धारण गरेसँगै सहिद स्कुलमा ४८ जना विद्यार्थीको कोटामा १०० भन्दा बढी विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिएका छन् ।

उनीहरू बिच प्रवेश परीक्षा मार्फत प्रतिस्पर्धा गराई नयाँ भर्ना लिइने प्रधानाध्यापक विष्टले बताए । प्राविधिक शिक्षा आजको आवश्यकता भएकोले प्राविधिक धार तर्फ विद्यार्थी र अभिभावकहरूको आकर्षण बढेको उनको भनाई छ ।

विद्यालयले सोमवार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो । प्रधानाध्यापक राम बिस्टका अनुसार सहिद स्कुलले गत वर्षदेखि कक्षा-९ देखि १२ सम्म प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ विषय पठनपाठन गर्दै आएको छ ।

गत: शैक्षिक सत्रमा कम्प्युटर इन्जिनियरिङ स्वीकृति लिई कक्षा सुरु गर्न ढिलो भएकोले विद्यार्थी सङ्ख्या निर्धारित कोटा भन्दा कम सङ्ख्यामा अध्यापन भइरहेको छ ।

उनले विश्व बजार युरोप, अमेरिका, अस्ट्रेलिया र कतिपय अफ्रिका एवं एसिया महादेशका राष्ट्रले भौतिक विकासमा फड्को मारेको उनले बताए । विज्ञान र प्रविधिको विकासले प्राविधिक शिक्षाको आवश्यकता बढेसँगै विद्यार्थीहरूलाई प्राथमिक तह देखि नै प्राविधिक धारको शिक्षा आवश्यकता बढेको प्रधानाध्यापक विष्टको भनाई छ ।