इटहरी : हाइलङ्ग गाडीको सोरुम उद्घाटन हुन नपाउँदै विद्युतीय गाडीको विक्री धमाधम बढिरहेको छ । यसअघि एकै पटक १० वटा गाडी विक्री गरेको हाइलङ्गको आधिकारिक विक्रेता सप्तकोसी ट्रेडिङले आइतबार १० थान भ्यान विक्री गरेको हो ।

पूर्वेली यातायात व्यवसाय कम्पनीलाई सप्तकोसी ट्रेडिङले  एक कार्यक्रममा बिच गाडी हस्तान्तरण गरेको हो । पहाडी तथा तराईका जिल्लाहरूमा यातायातको सरल र सुलभ माध्यम विद्युतीय गाडी भएकाले यसको माग बढ्दै गएको हो ।

कम्पनीका उपाध्यक्ष मोहनमणि बरालका अनुसार सम्पूर्ण फिचर सहितको हाइलङ्ग भ्यान खरिद गरेकोमा खुसी व्यक्त गरेका छन् । आइतबार देखिनै विद्युतीय माइक्रो बसको सेवा सुरु गरेको उनले जानकारी दिए । आर्थिक हिसाबले मितव्ययी हुने विद्युतीय गाडीले प्रदूषण समेत कम गर्ने उनको भनाइ छ ।

सप्तकोसी ट्रेडिङका सञ्चालक दीपक पोखरेलले विद्युतीय भ्यानहरू प्रति उपभोक्ताको रुचि बढेको बताए । बजारमा विद्युतीय गाडीको माग बढेसँगै चाइनाको भरपर्दो हाइलङ्ग भ्यानहरू इटहरीबाट विक्री सुरु गरिएको उनको भनाइ छ ।