इटहरी : सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले केन्द्र प्रमुख गोष्ठी तथा अगुवा सदस्य शिक्षा कार्यक्रम सुरु गरेको छ ।

शिक्षा उपसमितिको आयोजनामा मंगलबार धरान सेवा केन्द्रका ५५ जना अगुवा सदस्यहरूलाई प्रशिक्षण दिई कार्यक्रमको सुरुवात गरेको हो।

संस्थाले उपलब्ध गराएको सेवाहरू, केन्द्र प्रमुखको काम कर्तव्य र अधिकार, समूह केन्द्रमा हुनुपर्ने असल गुणहरू, सहकारी र अन्य बैङ्क वित्तीय संस्थाहरू बिच भिन्नता साथै संस्थाका नीति र कार्यविधि बारे जानकारी गराइएको संस्थाका सहायक प्रबन्ध राजेश जोशीले जानकारी गराए ।

सप्ताह व्यापी अगुवा सदस्य शिक्षा कार्यक्रमबाट संस्थाका सम्पूर्ण सेवा केन्द्रका ३०० जना सदस्यहरू लाभान्वित हुने सहायक प्रबन्धक जोशीले बताए ।

सेवा बचत तथा ऋण सहकारी संस्था लि.को सुनसरी जिल्ला भरी ५ वटा शाखा र ६ हजार सदस्य रहेका छन् ।

sewa sahakari 2