धरान : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जनालाई जिल्ल प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही वडाका २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई रहेका छन् । गत: वैशाख १ गते राती ८ बजे आपसी विवाद झगडामा परिणत भएपछि धनजित राईलाई उनीहरूले शरीरको विभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । 

छुरा प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना भए लगत्तै जिल्ला प्रहरी खोटाङ र नजिकको प्रहरी चौकी समेतको प्रहरी टोली खोज तलासमा लागेको थियो ।

यसै क्रममा घटनामा संलग्न तीनै जनालाई वैशाख ३ गते बिहान वडा १० मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालयले घट्नाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।