इटहरी : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना जारी रहँदा खड्काले ६५७ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् ।

त्यस्तै पहिचानवादी उम्मेदवार डकेन्द्र लिम्बुले १८८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत मात्र पाएका छन् । आइतबार दिउँसो १२ बजेबाट मतगणना सुरु भएको हो ।