धरान : रामधुनी नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐन २०६४ प्रयोग गरी सार्वजनिक महत्वको जानकारी माग गर्दा बेवास्ता गरेको स्थानीय ६ राजनैतिक दल र उद्योग वाणिज्य सङ्घले आरोप लगाएको छ ।

राजनीतिक दलहरूले सोमवार संयुक्त वक्तव्य जारी गर्दै सूचनाको हकको सम्मान नगरी माग गरेको सूचना नदिएकोमा मुख्य दलहरू एक ठाउँमा उभिएको उल्लेख गरिएको छ ।

नेकपा माओवादीले सार्वजनिक सरोकारका विषयमा सूचनाको हक अनुसार गत चैत्र २७ गते १५ दिनभित्र लिखित सूचना दिन माग गर्दै नगरपालिकामा निवेदन दिएको थियो ।

तोकिएको समयमा सूचना नपाएपछि पुनः आइतबार १६ गते दोस्रो पटक सात दिनको समय दिएर सूचना माग गरेको छ ।

दलहरूले वक्तव्यमा नगरपालिकाले नेपालको संविधान २०७२ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को सम्मान नगरी नागरिकको संविधान प्रदत्त अधिकार कुण्ठित गरेकोमा आपत्ति जनाएका छन् ।

संयुक्त वक्तव्य नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र झुम्का उद्योग वाणिज्य सङ्घले जारी गरेको हो ।

itahari-Khanepani-KapuriNewitahari-khanepani-Kapuri