धरान : वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने सामाजिक स्वास्थ्य क्लिनिक यसपालि धुलिखेल समाजसँगको सहकार्यमा आयोजना गरिएको छ ।

परिवर्तनका लागि सामाजिक अभियानले ३ वर्षदेखि सञ्चालन गर्दै आएको क्लिनिकको ५७ औँ शृङ्खला धुलिखेल समाजको सहकार्यमा भएको हो ।

धुलिखेल समाजको भवनमा भएका शिविरमा मधुमेह परीक्षण र औषधि समेत निःशुल्क वितरण गरिएको थियो । क्लिनिकमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूको मुटु, मधुमेह र उच्च रक्तचापको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहबाट गरिँदै आएको छ ।

शिविरको संयोजन शुशिर बरालले गरेका थिए । कार्यक्रममा मोहन श्रेष्ठ, वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, श्वेता भण्डारी लगायतका अभियन्ताहरूले सहजीकरण गरे । बिपी प्रतिष्ठानका सिनियर स्टाफ नर्स निशा श्रेष्ठ र उषा चौधरीले रक्तचाप परीक्षण गरे ।

समाजका ज्येष्ठ नागरिकहरूका लागि सहज रूपमा स्वास्थ्य परीक्षण गराउन पाएकोमा धुलिखेल समाजका अध्यक्ष सुनिल श्रेष्ठले अभियानप्रति आभार व्यक्त गरेका छन् ।