धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सन्दीपराज बज्राचार्यले शनिवार आयोजित पेट सम्बन्धी रोगको स्वास्थ्य शिविरमा १३० जनाको निःशुल्क परीक्षण गरेका छन् ।

शिविर नेवार एकता समाज वडा नं.१६ र नेवा पत्रकार राष्ट्रिय दबू सुनसरीले आयोजना गरेको हो । शिविरमा पेट, ग्यास्ट्रिक, प्याङ्क्रियाज, ठुलो आन्द्रा, पेटको क्यान्सर, दिसाबाट रगत जाने बिरामीहरू जाँच गराउन आएका थिए ।

धरान-१६ सिटी मन्टेश्वरी परिसरमा भएको शिविरमा उच्च रक्तचाप, मधुमेहको पनि जाँच गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको पत्रकार दबूका सुनसरी अध्यक्ष मोहन श्रेष्ठले बताए ।

डा. बज्राचार्यका अनुसार शिविरमा सबै खालका बिरामी आएपनि पेटका बिरामीहरू बढी थिए । अस्पतालको पहुँचमा नपुगेका बिरामीहरूलाई गाउँघरमै सेवा गर्न पाउँदा खुसी लागेको उनको भनाई छ ।

शिविरको उद्घाटन धरान-१६ का अध्यक्ष मुरारी भट्टराईले गरेका थिए । यस्तै नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले समाजले नेवार समुदायका लागि मात्रै नभई सबै जातजातिहरूलाई सेवा दिने उद्देश्यले शिविर राखिएको बताए । समाजकी वठा अध्यक्ष सुशीला श्रेष्ठको सभापतित्वमा उद्घाटन कार्यक्रम भएको थियो ।

pet sambandhi free checkup 2

pet sambandhi free checkup 3