धरान : पछिल्लो समय नेपाली लोक तथा संस्कृति देश तथा विदेशमा निकैनै फस्टाउँदै गएको छ ।

हाम्रै भिरपाखा, लेकबेसी तथा गाउँ समाजका कथा व्यथालाई साङ्गीतिक माध्यमबाट चित्रण गर्ने गरिएको छ ।

यसै क्रममा परदेशमा रहेर पनि देशको माया प्रेम साङ्गीतिक माध्यमबाट विश्व बजारमा आउने क्रम बढिरहेको छ ।

बाध्यताले परदेशी हुन् परेपनि घरदेशीको माया उस्तै रहेको कलाकारहरूले प्रस्ट्याएको देख्न सकिन्छ ।

यस्तै भिडमा अस्ट्रेलियामा पहिलो पटक कौडा तथा चुड्का गीत छायाङ्कन गरिएको छ।

सपना पुनको प्रस्तुतिमा ‘सालीनानी’ बोलको कौडा तथा चुड्का गीत सार्वजनिक गरिएको हो ।

‘सालीनानी’मा परदेशबाट कौडा किङ मोडल गायक तथा सर्जक गणेश गुरुङ जोडिएका छन् । त्यस्तै अर्की गायिका सुष्मा पुन पनि यही भिडमा जोडिन आईपुगेकी छिन् ।

हालै गायक कौडा किङ गणेश गुरुङ र गायिका सुष्मा पुनको सुमधुर स्वरमा ‘सालीनानी’ बोलको कौडा तथा चुड्का गीत सार्वजनिक गरेका छन् ।

जसमा सामूहिक स्वर गायकद्वय दुर्गा गुरुङ, तेजेन्द्र दुरा गायिकाद्वय भिमु गुरुङ, सुमितामी परियारको रहेको छ ।

गीतको शब्द तथा सङ्गीत कौडा किङ गणेशको रहेको छ भने उक्त गीतको सङ्गीत संयोजन दुर्गा गुरुङको रहेको छ ।

गीत अस्ट्रेलियाको नोपोमेलो रेकर्डिङ स्टुडियोबाट समीर आचार्यले रेकर्ड गराएका हुन् । ‘सालीनानी’को म्युजिक भिडियोतर्फ सपना पुनको प्रोडक्सनमा अस्ट्रेलियामा छाँयाकन गरिएको हो ।

म्युजिक भिडियोमा आफ्नो कलालाई दर्शकसामु पुराएर दर्शकको मन जित्न सफल, निकै ख्याति प्राप्त मोडल तथा निर्देशक राजीव बलामीको निर्देशनमा रहेको छ ।

म्युजिक भिडियोको स्क्रिनमा विन्दु गुरुङ, शिला गुरुङ, सृष्ठि मगर, स्वार्निमा गुरुङ,  स्मृति गुरुङ, प्रिया गुरुङ तथा अन्यको निकै दमदार नृत्य तथा कला देख्न सकिन्छ ।

भिडियोमा निर्देशक बलामीले कौडा किङ गणेश गुरुङ र सपना पूनलाई मुख्य पात्र बनाई फिचरिङ गराएका छन् । यस गीतको म्युजिक भिडियोलाई राजीव बस्नेतले छाँयाकन गरेका हुन्, भने चर्चित भिडियो सम्पादक विष्णु शर्माले सम्पादन गरेका हुन् ।