मोरङ : मोरङको सुन्दरहरैंचा नगरपालिका-६ मा जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ ।
स्थानीय भक्तराज लिम्बूले लगाएको केराको बगानभित्र छावा मृत अवस्थामा भेटिएको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तले जानकारी दिए ।
पन्तका अनुसार भाले जातको छावा आज बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएको हो । अन्दाजी ६/७ वर्षको जस्तो देखिने हात्तीको बच्चा केरा बगानभित्र मृत फेला परेको देखेपछि स्थानीयले वन कार्यालय र प्रहरीमा खबर गरेका थिए ।
मृत फेला परेको छावाको सुँडको छेउमा सामान्य चोट देखिएको छ । छावाको के कारणले मृत्यु भएको हो भन्ने विषयमा खुल्न बाँकी छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































