धरान : यामाहा कम्पनीको धरान स्थित नयाँ व्लु स्क्वायर शोरुममा दैनिक १०० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ हुने बताइएको ।

समान्य शोरुम भन्दा फरक अधिकतम सुविधाको व्यवस्थापन सहित स्थापना गरिएको ब्लु स्क्वयर सोरुममा ग्राहकले सेल्सका साथै फाइनान्स सुविधा पनि एकै ठाउँमा पाउने छन् । शोरुममा सर्भिसिङ  सँगै स्पेयर्स पार्टस् र एक्सचेन्जको सुविधा एकै ठाउँमा पाउनेछन् ।

शोरुमको आज बिहीबार धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाबाट औपचारिक रूपमा उद्घाटन गरिएको छ । उनले विश्व प्रसिद्ध ब्राण्डका मोटरसाइकल लगायत सवारी साधनको बजार प्रवर्द्धनले आधुनिक धरानको विकासको परिचायक बनेको बताए ।

धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले सोरुममा सवारी साधनको सामानहरू महँगो पर्ने गुनासाप्रति कम्पनीको ध्यानाकर्षण गराउँदै कम्पनीको दर कायम राख्न आग्रह गरे ।  उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले सरकार व्यवसायी मैत्री नभएको बताए ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिराज आचार्य, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुख काजीराम कार्की लगायतको उपस्थिति थियो ।

उद्घाटन समारोहका सभापति विजयपुर ट्रेडर्सका अध्यक्ष पङ्कज खतिवडाले धरानमा यामाहाको शोरुम ५ वर्ष अघि देखि नै सञ्चालन भइरहेको बताउँदै नयाँ शोरुमले एकीकृत सेवाको सुविधा दिने जानकारी गराए ।