धरान : यामाहा कम्पनीको मोटरसाइकल विक्री, वितरणका लागि धरान-८ तीनकुनेमा सेल्स र सर्भिसिङ सुविधा सहितका ब्लु स्क्वायर शोरुम सञ्चालनमा आउने भएको छ ।

शोरुम भोली असार २७ गते उद्घाटन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । शोरुम अन्तर्राष्ट्रिय मान्यतामा आधारितमा रहने विजयपुर ट्रेडर्स धरानका प्रोप्राइटर प्रभाव खतिवडाले बताए ।

उनका अनुसार शोरुम १० हजार बर्गफिटमा विविध सुविधायुक्त व्यवस्थापन सहित सञ्चालनमा आउनेछ । शोरुम उत्कृष्ट प्रविधि, आकर्षक डिजाइन तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य अनुसार निर्माण गरिएको खतिवडाले बताए ।

शोरुममा यामाहा कम्पनी नेपालबाट तालिम प्राप्त दक्ष टेक्निसियन मार्फत दैनिक सय भन्दा बढी सर्भिसिङ्ग क्षमता, एफआई स्टेसन सहित सम्पूर्ण स्पेयर पार्टस उपलब्ध रहेको छ ।

नयाँ शोरुमको सञ्चालनमा आएपछि एकै छातामुनि यामाहाका गुणस्तरीय सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा उपलब्ध हुनेछ ।

yamaha-dharan-KapuriNews