धरान : धनकुटाको साँगुरीगढीमा नयाँ होटेल सञ्चालनमा आएको छ । व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाउँपालिका ४ स्थित फलामेटारमा होटेल सञ्चालनमा ल्याएकी हुन ।

करिब दुई करोडको लगानीमा सुब्बाले  देव फिस फार्मस्टे’ होटेल सञ्चालनमा ल्याएकी हुन्  । माछा फार्म सहित सञ्चालनमा आएको होटेलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन ।

खोलाको बगरमा रमाउन चाहनेहरूका लागी  क्यापिङको व्यवस्था समेत होटेलमा रहेको छ ।

स्वादिष्ट खाना सँगै रमणीय दृश्यावलोकन गर्न सकिने तथा होटेलमा रात्रि बस्नको लागी टेन्टको व्यवस्था गरिएको छ ।

होटेलमा वनभोज सँगै विभिन्न पार्टी समेत गर्न मिल्ने व्यवस्था रहेको छ । होटेलमा आफै फिसिङ सँगै क्याम्प फयार समेत गर्न पाइने सञ्चालिका सुब्बाले बताइन ।

होटेल सञ्चालनमा आए सँगै पर्यटकहरूको आगमन समेत बढ्ने बताइएको छ ।

dhankuta-hotel-123