इटहरी : इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस संन्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ ।

इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्‍याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । असोज १ गतेबाट इटहरीमा नगर बस सञ्चालनमा ल्याउदैछौ प्रमुख पौडेलले भने ।

‘चार वटा उनले बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा बस चल्ने उनको भनाइ छ ।

नागरिकको सहजताका लागि सञ्चालनमा ल्याउन लागेको यो नगर बस सहज रूपमा सञ्चालन गर्ने र यसमा छ यसमा हामी प्रतिबद्ध जिपिएस जडानको साथै सूचना मैत्री बनाइने छ । बसमा सिसी क्यामेरा लगायतका थुप्रै सुविधा हुने नगर प्रमुख पौडेलको भनाई छ ।

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । यो समितिले रुट निर्धारण गर्ने छ ।

उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता भएर बस ल्याएको हो । नगर बस अपाङ्ग मैत्री हुने छ ।

गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता अनुसार बस इटहरी आइपुगेको हो।

itahari-city-bus-2