धरान : युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगिता ‘मिस्टर नेपाल’को उपाधिका लागि धरानबाट एक मात्र आदेश प्रधान प्रतिस्पर्धामा छन् ।

नेक्स्ट मोडल नेपालको आयोजनामा हुने ‘मिस्टर नेपाल’ प्रतियोगितामा कुल प्रतिस्पर्धी ३८ जना छन् । प्रतियोगिताको ग्रान्ड फिनाले भदौ ८ गते काठमाडौँ स्थित सोल्टी होटेलमा आयोजना हुँदैछ ।

ग्राण्ड फिनाले अघि प्रतियोगी अङ्क २६ का प्रधानको तस्बिर नेपाली चलचित्र क्षेत्रका अगुवाहरूले सामाजिक सञ्जालमा शेयर उनलाई ‘मिस्टर नेपाल’का लागि अग्रिम बधाई दिइरहेका छन् ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स, निर्देशक समाज अध्यक्ष जनकदिप पराजुली, निर्देशक रमेश बुढाथोकी, दिपाश्री निरौला, नायिका मिरुना मगर, कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खडकाको रोजाइमा उनी परेका देखिन्छ ।

निर्देशकहरू ऋषी लामिछाने, सुदर्शन थापा, माधव घिमिरे ओएसआर प्रबन्धक ओम अग्रवाल,  निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, नायक सबिन श्रेष्ठ, गायक श्रीकृष्ण लुइँटेल लगायत सबैले उनलाई जितको शुभकामना दिएका छन् ।

प्रधानका पिता अरुण प्रधानले भने ‘उनलाई विजेता बन्नु अघि नै फिल्म, म्युजिक भिडियोको अफर पनि आएको छ ।’ प्रधान चलचित्र निर्देशक समाजका महासचिव, चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष हुन । आदेश प्रधान उनको जेठा छोरा हुन ।